चिनियाँ विदेशमन्त्री छिन काङ बर्खास्त

काठमाडौं ।  चीन सरकारले विदेशमन्त्री छिन काङलाई बर्खास्त गरेको छ। एक महिनायता सार्वजनिक स्थानमा नदेखिएका उनलाई चीन सरकारले पदबाट बर्खास्त गरेको हो।

गत डिसेम्बर अन्तिममा पद सम्हालेका चिनियाँ विदेशमन्त्री छिन काङ तीन सातायता सार्वजनिक रुपमा देखिएका थिएनन्। चीन सरकार नियन्त्रित सीसीटीभीले छिन काङलाई पदबाट बर्खास्त गरिएको पुष्टि मंगलबार गरेको छ। तर सिसीटिभीले बर्खास्तगीका सम्बन्धमा प्रस्ट खुलाएको छैन । चीनको ग्लोबल टाइम्स न्युज पोर्टलले मंगलबार देशको शीर्ष विधायिकाको बैठक बोलाएए जहाँ यो निर्णय भयो कि छिनलाई उनको विदेश मन्त्रीको पदबाट हटाइएको छ। (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर