अमरेशलाई टक्कर दिन आरजु देउवाको शक्ति प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहको निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले मंगलबार क्षेत्रीय सम्मेलन आयोजना गरेको छ ।

अमरेशको क्षेत्रमा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको प्रमुख आतिथ्यमा नै मुख्यअतिथि बनाएर कांग्रेसले शक्ति प्रदर्शन गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पछिल्लो समय अमरेशले आरजुलाई ‘गणतन्त्रकी पम्फादेवी’ को संज्ञा दिँदै उनी देशका भ्रष्टाचार काण्डहरूमा संलग्न भएको आरोप लगाउँदै आएका छन् ।

आफूलाई गणतन्त्रकी पम्फादेवी भन्दै सार्वजनिक बेइज्जत गरेको भन्दै आरजुले अमरेशविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी छिन् । प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले टिकट नदिएको झोकमा अमरेशले आफूविरुद्ध अनर्गल प्रचार र गाली गरेको आरजुको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर