ओरालो लाग्यो मंगलबारको शेयरबजार

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार ३६.१९ अंकले घटेर दुई हजार एक सय ६४ दशमलब ३१ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज दुई अर्ब ९१ करोड ७ लाखबराबरको कारोबार भएको छ । आज कारोबार भएका ३२ कम्पनीको शेयरमूल्य बढेको छ भने १७६ कम्पनीकोे शेयरमूल्य घटेको छ । ९ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा किसान लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९५८.३० रुपैयाँ पुगेको छ । यसका साथै आज सिटी होटल लिमिटेडको शेयर पनि ७.७४ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी नबिल डिभेञ्चर २०८५ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६.८७ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटल लिमिटेडको भएको छ । यस कम्पनीको आज १५ करोड २७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर