मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालन

काठमाडौं । पहिरोले अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । भारी वर्षापछि सडकखण्डको कालिखोलामा बिहान ७ बजेदेखि पहिरोले अवरुद्ध भएको सडक भर्खरै सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।

स–साना पहिरो आइरहेकाले केही समय बन्द हुने र खुल्ने क्रम भएको प्रहरीले जनाएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो पन्छाउनका लागि डोजर तयारी अवस्थामा राखेको छ।

यस्तै, एकतर्फी सवारी साधन सञ्चालनमा आएपछि बाटो वारपार गर्नका लागि सवारीसाधनको लाइन लागेको छ । साँघुरो स्थानबाट यात्रा गर्नपर्दा जाम हुने समस्या भएको प्रहरीले जनाएको छ । पानी पर्न रोकिए पहिरो पन्छाएर दुईतर्फी सवारी साधन सञ्चालन गर्न सकिने प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर