कांग्रेसमा नेतृत्व परिवर्तन स्वाभाविक प्रक्रिया : सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको बताएका छन् ।

काठमाडौंमा मङ्गलबार आयोजित चियापान समारोहमा उनले पार्टीमा नेतृत्व परिवतर्नको कुरा स्वाभाविक प्रक्रिया र केन्द्रीय समितिमा आम नागरिकको जनजीविका बारेमा विशेष छलफल गरेको बताए ।

‘‘बैठक राम्रोसँग सञ्चालन भएको छ । मूलतः दुई कोणमा व्यापक कुरा भयो, आन्तरिक जीवनको बारेमा कुरा भयो, विधान कार्यान्वयन, समितिलाई पूर्णता दिने, राजनीतिक अभियान सञ्चालन गर्ने कुरामा धेरै कुरा भयो । साथै पार्टीको जीवनभन्दा बाहिर आम नागरिकको जनजीविका, दिनानुदिनको बारेमा छलफल भएको छ, यो बैठकले पार्टीभित्र र बाहिर पनि सकारात्मक सन्देश प्रवाह गरेको छ’’, प्रमुख सचेतक लेखकले भने, ‘‘सार्वजनिक ढङ्गबाट फेसबुकमा ओपन गरिएको छ, यो राम्रो हो, बैठक सकारात्मक छ, भोलि निष्कर्षमा पुग्नेछौँ । कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गर्दैछ । फेरबदल अहिले कति देखिए कति देखिएनन् तर फेरबदल स्वाभाविक हुन् र यी हुन्छन् ।’’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर