चितवनको चौधकिलो पुलमा बस र ट्रक आपसमा ठोक्किएर ३० जना घाइते

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलो पुलमा बस र ट्रक आपसमा ठोक्किएर ३० जना घाइते भएका छन् ।

मंगलबार बिहान भरतपुर महानगरपालिका–२९ को चौधकिलोमा बस र ट्रक आपसमा ठोक्किएर सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नारायणगढबाट–मुग्लिनतर्फ आउँदै गरेको रा १८ ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ६ख ४९४२ नम्बरको ट्रक एकापसमा ठोक्किदाँ उक्त दुर्घटना भएको हो ।

घाइते मध्ये चालक र अर्का एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

यस्तै घाइते १८ जनाको पुरानो मेडिकल कलेज र १२ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर