बिबिसीका वरिष्ठ पत्रकार जर्ज अलागियाको निधन

काठमाडौं । बिबिसीका वरिष्ठ पत्रकार जर्ज अलागियाको निधन भएको छ।

उनकाे ६७ वर्षको उमेरमा निधन भएकाे हाे।

जर्ज विगत नौ वर्षदेखि क्यान्सरसँग लडिरहेका थिए।

उनले आफ्नो परिवार र प्रियजनहरूको बीचमा अन्तिम सास लिएकाे उनको एजेन्टले जानकारी दिए।

बिबिसीका महानिर्देशक टिम डेभीले उनको निधनप्रति दुःख व्यक्त गरेका छन्।

उनले भनेका छन्, ‘यो खबरले हामी अत्यन्त मर्माहत भएका छौँ। यस दुखद घडीमा उनको परिवारसँग हाम्रो समवेदना छ। जर्ज हाम्रो पुस्ताका उत्कृष्ट र साहसी पत्रकार थिए। उनले नडराइ रिपोर्टिङ मात्र गरेनन्, उत्कृष्ट तरिकाले प्रस्तुत पनि गरे। हामी उनलाई याद गर्नेछौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर