कोशी सरकारको वैधानिकतामाथि आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । कोशी प्रदेश सरकार गठनसम्बन्धी दायर गरिएको रिट निवेदनमाथि मंगलबारबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा छलफल हुने भएको छ ।

गत २१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेस गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेर मुख्यमन्त्री नियुक्ति गरे पछि एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मत कार्की सर्वोच्च पुगेका थिए ।

सोमबार न्यायाधीशहरु सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा जटिल कानुनी प्रश्न समावेश भएको भन्दै यो विवाद निरुपणका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो । अब यो मुद्दा मंगलबारदेखि नै तीन न्यायाधीश संलग्न पूर्ण इजलासमा सुनुवाइ हुनेछ । पूर्ण इजलास मंगलबार तोकिने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर