जर्मनीको मोरक्कोलाई आधा दर्जन गोल

काठमाडौं । उपाधिको बलियो दावेदार रहेको जर्मनीले सोमबार वुमेन्स वर्ल्डकपमा बलियो सुरुआत लिएको छ ।

उसले समूह ‘जी’ को खेलमा मोरक्कोलाई सजिलै ६–० ले हरायो ।

यो नतिजापछि जहाँ जर्मनीले समूहमा आफ्नो पकड बलियो बनाएको छ, त्यहीं मोरक्कोको प्रदर्शन भने कमजोर रह्यो ।

यसपल्टको विश्वकपमा डेब्यु गरिरहेको आठ टिममध्ये मोरक्कोको प्रदर्शन सबैभन्दा निराशाजनक रह्यो ।

जर्मनीको जितमा कप्तान एलेक्जान्डर पपको दुई गोल गरिन् । त्यस्तै यस्तै क्लारा बहुल र लेआ स्कलरले एक एक गोल गरिन् ।

बाँकी दुई गोल आत्मघाती रह्यो । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर