भवन भत्किंदा १२ जनाको मृत्यु

काठमाडौं ।भवन भत्किंदा क्यामरुनमा १२ जनाको मृत्यु भएको छ ।

उक्त घटनामा १५ भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

घाइते मध्ये तीन बालबालिकाको अवस्था गम्भीर छ । क्यामरुनको राजधानी याउन्देबाट २ सय १० किलोमिटर पश्चिममा रहेको डुआला शहरमा रहेको ४ तले भवन भत्किंदा १२ जनाको मृत्यु भएको हो । दशकौं पुरानो सो भवन जीर्ण भएका कारण भत्केको अनुमान गरिएको छ ।

क्यामरुन सरकारले देशका विभिन्न शहरमा रहेका जीर्ण भवनहरु भत्काउने योजना अन्तर्गत चिन्ह लगाउँदै गरेको अवस्थामा भत्केको सो भवनमा भने चिन्ह नलगाईएको समाचारमा उल्लेख छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर