कहाँ छन् चीनका विदेशमन्त्री ? तार्किक जवाफ दिन बेइजिङ असमर्थ !

काठमाडौं । चीनका ५७ वर्षीय विदेशमन्त्री छिन ग्याङ एक महिनादेखि सार्वजनिक रूपमा देखिएका छैनन् । उनले आफ्नो निर्धारित कार्यक्रममा पनि अचेलभरी विदेशी नेतासँग भेटघाट गरेका छैनन् । चीनको विदेश मन्त्रालय पनि उनको बारेमा केही बताउन तयार छैन । जसका कारण चीनमा अनुमानको सिलसिला तीव्र भएको छ ।

चीनका विदेशमन्त्रीका लागि टिभी एङ्करसँगको अफेयर महँगो परेको विश्वास कतिपयले गरेका छन् । र कतिपयले ग्याङको लोकप्रियताका कारण राष्ट्रपति उनीहरुको शत्रु भएको बताएका छन् । यस्तो अवस्थामा चीनमा फेरि एकपटक ठूलो फेरबदल हुने सम्भावना देखिएको छ ।
मिडिया रिपोर्टका अनुसार, संयुक्त राज्य अमेरिकाका लागि राजदूतको रूपमा छोटो कार्यकालपछि छिन डिसेम्बरमा विदेश मन्त्रीमा बढुवा भएको थियो।

वाशिंगटनलाई गाली गर्न खप्पीस ग्याङ

ग्याङ एक पेशेवर कूटनीतिज्ञ हुन् र उनलाई चिनियाँ नेता सी जिनपिङको भरपर्दो सहयोगी मानिन्छ। विदेश मन्त्रीको रूपमा, छिनले अमेरिकामा प्रक्षेपण गरिएको संदिग्ध चिनियाँ जासूसी बेलुनको मुद्दामा वाशिंगटनलाई खुब गाली गरेका थिए ।ः त्यसपछि दुई देशबीचको सम्बन्धमा चिसोपना आएको थियो । उनले दुई पक्षबीचको तनावपूर्ण सम्बन्ध सुधार र वार्ता पुनःस्थापनाका प्रयासमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए । जुन मध्यमा बेइजिङको भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटघाट पनि यसमा समावेश छ।

चीनका विदेश मन्त्री छिन ग्याङको बारेमा केही जानौं :–

१. डिसेम्बर २०२२ मा छिन ग्याङ चीनको विदेश मन्त्री बने। उनी कुनै पनि मामिलामा आफ्नो सटीक जवाफ दिन र कूटनीतिको धर्मको पक्का व्यक्तिका रूपमा परिचित छन्। ग्याङले १० वर्ष विदेश मन्त्री रहेका वाङ यीको ठाउँ लिएका थिए ।

२. उनले हालै चीनले अपनाएको ‘वुल्फ वारियर’ कूटनीतिक शैलीबाट आफूलाई टाढा राखेको विश्वास गरिन्छ। यसको कारण कम्युनिस्ट सरकारको नेतृत्वप्रति उनको असन्तुष्टि थियो ।

३. ग्याङले सन् २०२० मा पश्चिममा चीनको छवि बिग्रिएको बताए । यो किनभने युरोपेली र अमेरिकीहरू, विशेषगरी मिडियाले चीनको राजनीतिक प्रणाली वा यसको आर्थिक वृद्धिलाई कहिल्यै स्वीकार गरेनन्।

४. संयुक्त राज्य अमेरिकाका लागि राजदूतको रूपमा सेवा गर्दा, छिनले सार्वजनिक र मिडिया कार्यक्रमहरूमार्फत वाशिंगटनमा आफ्नो उपस्थिति बढाए। जसमा उनले चीनको अवस्थाबारे बताए ।

५. चीनका विदेशमन्त्री छिन ग्याङले जुलाई ४ तारिखमा युरोपेली संघका विदेश नीति प्रमुख जोसेफ बोरेलसँग भेट गर्ने तय भएपनि अचानक बैठकको मिति सारियो। बोरेललाई यसबारे दुई दिन अगाडि नै जानकारी दिइएको थियो र बैठक स्थगित गर्नुको कुनै कारण दिइएको थिएन।

६. उनी मन्त्री बनेपछि छिनले अफ्रिका, युरोप र मध्य एसियाको भ्रमण गरेको थियो । यसका साथै बेइजिङमा विदेशी महानुभावहरुका स्वागत समारोह कार्यक्रम पनि आयोजना गरिएको थियो ।

७.  छिन २५ जुनदेखि सार्वजनिक रूपमा देखिएका छैनन्। उनलाई अन्तिम पटक बेइजिङमा रुसी उप–विदेशमन्त्री एन्ड्रे रुदेन्कोसँगको भेटमा देखिएको थियो।

८. दुई हप्तापछि इन्डोनेसियामा उच्चस्तरीय आसियान शिखर सम्मेलन भयो। त्यसमा चीनका विदेशमन्त्री सहभागी भएनन् । उनको अनुपस्थितिले छिन कहाँ गयो भन्ने प्रश्न उठेको छ।

९. चीनको विदेश मन्त्रालयले छिन बेपत्ता भएको विषयमा स्पष्टीकरण पेश गरेको छ । अस्वस्थ्यताका कारणआफू बाहिर जान नपाएको उनी बताउँछन् । यद्यपि, यो स्पष्टीकरणले सामाजिक सञ्जालमा उडिरहेका अफवाहहरूलाई रोक्न मद्दत गरेको छैन। अर्थात कसैले पनि पत्याएका छैनन् ।

१०.  एक सरकारी प्रवक्ताले भने कि छिनका विषयमा सबैले जान्न चाहन्छ, तर सार्वजनिक रूपमा छलफल म असमर्थ छ ।

११.  विदेश मन्त्रालयले छिनको अनुपस्थितिको बारेमा धेरै प्रश्नहरूको उत्तर दिन सकेको छैन । उनको ठाउँमा चीनको प्रतिनिधित्व कसले गर्दैछ ? उनको तर्फबाट कागजातमा कसले हस्ताक्षर गर्दैछ?

चीनमा यी नेता पनि बेपत्ता भएका थिए :–

चीनमा एक वरिष्ठ नेता विना कुनै स्पष्टीकरण यति लामो समयसम्म सार्वजनिक रूपमा नआउनु अस्वाभाविक होइन। यसअघि सन् २०१२ मा पनि सी जिनपिङ बेपत्ता भएका थिए । जिनपिङ चीनको राष्ट्रपति बन्ने लगभग निश्चित थियो। यही कारण सेप्टेम्बर १ मा उनी बेपत्ता भएका थिए । उनले अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनजस्ता विदेशी नेताहरूसँगको पूर्वनिर्धारित बैठक पनि छोडे। त्यसको दुई सातापछि सेप्टेम्बर १५ मा उनी जनताको अगाडि आए र १५ नोभेम्बर २०१२ मा चीनको राष्ट्रपति बने। (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर