ललितानिवास प्रकरण : नक्कली मोही खडा गरिएका दुई पक्राउ

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हडपेको प्रकरणमा नक्कली मोही खडा गरिएका दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सञ्जय महर्जन र सकुलानन्द महर्जन रहेको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ । उनीहरुलाई सोमबार पक्राउ गरेर ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा राखिएको छ ।

उनीहरु ११२ रोपनी जग्गा र नक्कली टिकिंछा गुठीको नाममा जग्गा हडपिएको प्रकरणमा नक्कली मोही बनाइएका थिए । सीआईबीले आइतबार मात्रै नापी विभागका पूर्वकर्मचारी अरुणकुमारलाई यो प्रकरणमा पक्राउ गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर