इटालीले अर्जेन्टिनालाई हरायो

काठमाडौं । महिला विश्वकपमा इटालीले अर्जेन्टिनालाई हराएको छ । सोमबार समूह जीको खेलमा इटालीले अर्जेन्टिनालाई १–० ले हराएको हो ।

बराबरीतर्फ उन्मुख खेलको ८७ औं मिनेटमा इटालीका लागि क्रिस्टियाना गिरेलीले विजयी गोल गरेकी थिईन् । इडेन पार्कमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी गिरेलीले इटालीका लागि विजयी गोल गरिन् ।

इटाली सन् २०१९ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको थियो । अर्जेन्टिनाले भने अहिलेसम्म महिला विश्वकप जित्न सकेको छैन ।

समूह जीको खेलमा इटाली र स्विडेनले समूह चरणको पहिलो खेलमा जित दर्ता गरेका छन् । दुवैले समान तीन तीन अंक जोडेका छन् । साउथ अफ्रिका र अर्जेन्टिना अंक विहिन छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर