रियल मड्रिडको एसी मिलानमाथि पुनरागमन जित

काठमाडौं । मैत्रीपूर्ण खेलमा रियल मड्रिडले एसी मिलानमाथि पुनरागमन जित हासिल गरेको छ ।

लस एन्जल्समा सोमबार खेलमा २–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै रियलले मिलानमाथि ३–२ को जित हासिल गरेको छ ।

फिकायो तोमोरीले २५ औं मिनेटमा मिलानलाई अग्रता दिलाएका थिए । पहिलो हाफको खेल सकिन तीन मिनेट अघि लुका रोमिरोले मिलानको अग्रता दोब्बर बनाएका थिए ।

दोस्रो हाफमा रियलले भने लगातार तीन गोल गरे । लगातार दुई गोल गर्दै फेडरिको भाल्भर्डेले रियललाई बराबरीमा अवस्थामा ल्याएका थिए ।

खेल सकिन ६ मिनेट अघि भिनिसियस जुनियरले गोल गर्दै रियल मड्रिडलाई शानदार पुनरागमन जित दिलाए ।

दुवै टिमले गत सिजन खराब समय बिताए । स्पेनमा रियलले लिग उपाधि बार्सिलोना र च्याम्पियन्स लिग म्यानचेस्टर सिटीलाई सुम्पिएको थियो भने इटालीमा एसी मिलानले नापोलीलाई उपाधि जिम्मा लगाउनु परेको थियो ।

दुवै टिमले नयाँ खेलाडीलाई मैत्रीपूर्ण खेलमा उतारेका थिए । जसमा रियल मड्रिडका नयाँ स्टार जुड बेलिनगहमले राम्रा प्रभाव छाडेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर