पुरस्कार दिने व्यवस्थाका कारण सुन बरामद : अर्थमन्त्री

 काठमाडौं ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले हङकङबाट नेपाल भित्रिएको १ क्विन्टल बढी सुन आफ्नो कार्यकालमा समातिएको बताएका छन्।

आफूले बजेटमार्फत् सूचना दिनेलाई पुरस्कार दिने व्यवस्था गरेका कारण सुन समातिएको उनको भनाइ थियो। सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा उनले बजेटले सूचना दिने व्यवस्था गरेका कारण सुन समातिएको दावी गरे। आफूले आर्थिक वर्ष २०८०/०८१ मा ल्याएको सूचना दिनेलाई पुरस्कारको व्यवस्थाका कारण सुन समातिएको उनको भनाइ थियो।

‘मैले बजेटमा नै प्रस्ताव गरेको हो, भन्सारमा कतिपय अनियमित कुरा निस्तेज गर्न पुरस्कारको व्यवस्था गरेको छु, सूचना दिनेलाई यो व्यवस्था बीचमा हटेको थियो, मलाई लाग्छ त्यसले पनि यो सूचना प्राप्त गरी पक्राउ गर्न मद्दत पुग्यो ,’ उनले भने। उनले यस प्रकरणमा जरोसम्म पुगेर अनुसन्धान भइरहेको बताएका छन्। छानबिनका लागि अुनसन्धान टोली बनाएर काम गरिरहेको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर