बैतडीमा पहिरोबाट घर पुरिँदा आमाछोराको मृत्यु

काठमाडौं । बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिका–२ भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।

सोमबार बिहान ३ बजेतिर घरमाथिबाट खसेको पहिरोले पुँरिदा घरभित्र सुतिरहेका उनीहरूको मृत्युु भएको हो । पहिरोले पुरेर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा घाइते भएका छन् । पहिरोले पशुचौपायामा पनि क्षति पुगेको छ । (तस्बिरः प्रतीकात्मक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर