साउने सोमबार विशेष : “काशीकापुराधिनाथ कालभैरवं भजे”

काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार हो । विगत चार हप्तादेखि विशेष पूजा अर्चना गरेर भगवान् शिवजीको उपासना र आराधनाको विधि अवलम्बन गरिँदै छ ।
भगवान् शिवजीको उपासनामा लिप्त भक्तजनहरूका लागि यो वर्षको पाँच साउने सोमबार विशेष पर्वको रूपमा रहेको छ । आफ्नो आस्था र विश्वासअनुरूप शिवजीलाई आराधना गरेबाट भक्तजनहरूले आनन्दादिको विशेष अनुभव गरेका छन् । शिवजीको उपासनाको कुनै तुलना छैन । यो एक सर्वोत्कृष्ट आराधना हो । भगवान् शिवजीको अनेकन् अवतारमध्ये भैरव अवतार पनि एक प्रमुख अवतार हो । आज यी नै भैरव अवतारमध्ये कालभैरवको अवतारको “कालभैरवाष्टकम्” स्तोत्रको चर्चा गर्नेछौं ।

आदिगुरु शंकराचार्यद्वारा संस्कृत भाषामा रचित यो स्तोत्रको विशेष महिमा रहेको छ । यो पृथ्वी एक मत्र्यलोक हो । यहाँ जन्म लिने कुनै पनि प्राणीले एक दिन मृत्युवरण गर्नुपर्दछ । त्यो मृत्यवरणको पूर्व क्षणमा प्रत्येक चराचर जगत्का प्राणीले आफ्नो जीवनकालमा गरेका सुकर्म वा कुकर्महरूको पुनःस्मरण हुने र विधिको विधानअनुसार तीनै दुई थरी कर्ममध्ये एक कुकर्मको आधारमा यातना भोग्नुपर्ने हुन्छ, त्यसैलाई “भैरव यातना” भन्ने गरिन्छ । कालभैरवको नित्य पाठ वा आराधना गरेको खण्डमा भयंकर भैरव यातनाको त्यो दुष्चक्रबाट मुक्त हुने हुनाले “कालभैरवाष्टकम्” को महत्व रहेको छ ।

स्तोत्र यसप्रकारको छ : “कालभैरवाष्टकम्”

देवराजसेव्यमानपावनाङ्घ्रिपङ्क व्यालयज्ञसूत्रमिन्दुशेखरं कृपाकरम्
नारदिदायोगिवृन्दवन्दितं दिगम्बरं
काशीकापुराधिनाथ कालभैरवं भजे ।।१।।

भावार्थ : जुन देवराज इन्द्रले जसको पवित्र चरणको सेवा गर्दछ सदैव, जसको शिरोभूषणको रूपमा चन्द्रमा र सर्पको यज्ञोपवीत ९जनै० धारण गरेको हुन्छ, जो दिगम्बरको भेषमा हुनुहुन्छ, जसलाई नारद भगवान् आदि योगीहरूले नित्य वन्दना गर्दछ, म उनै काशीपुरका नाथलाई भज्ने गर्दछु ।

भानुकोटिभास्वरं भवाब्धितारकं परं
नीलकण्ठमीप्सितार्थदायकं त्रिलोचनम्
कालकालमंबुजाक्षमक्षशूलंक्षर
काशीकापुराधिनाथ कालभैरवं भजे ।।२।।

भावार्थ :  जसले सूर्यको समान प्रकाश दिन्छ, परमेश्वर भवसागरबाट पर लान्छ, जसको कण्ठ नीलो छ, जसले सांसारिक समृद्धि प्रदान गर्नुहुन्छ, जसको त्रिनेत्र छ, जो कालको पनि महाकाल हुनुहुन्छ, जसले त्रिशूलमा तीन लोकलाई धारण गर्दछ, जो अविनाशी हुनुहुन्छ, म उनै काशीका नाथ कालभैरवलाई भज्दछुँ ।

शूलटंकपाशदण्डपाणिमादिकारणं
श्यामकायमादिदेवमक्षरं निरामयम् ।
भीमविक्रमं प्रभुं विचित्रताण्डव प्रियं
काशीकापुराधिनाथ कालभैरवं भजे ।।३।।

भावार्थ : जो आफ्नो दुई हातमा त्रिशूल, फन्दा, बञ्चरो र दण्ड लिएको छ, जो सृष्टिको सिर्जनाको कारण हो, जो कालो वर्णको आदिदेव सांसारिक रोगबाट पर हुनुहुन्छ, जसलाई ताण्डव ९समूल नष्ट० प्रिय छ, म उनै काशीका नाथ कालभैरवलाई भज्दछुँ ।

भुक्तिमुक्तिदायकंप्रशस्तचारुविग्रहं
भक्तवत्सलं स्थितं समस्तलोक विग्रहम्
विनिक्वणन्मनोज्ञहेमकिङ्किणीलसत्कटिमं
काशीकापुराधिनाथ कालभैरवं भजे ।।४।।

भावार्थ : जसले मुक्ति प्रदान गर्दछ, जो शुभ, आनन्द रूप धारण गर्दछ, जसले भक्तमात्रलाई प्रेम गर्नुहुन्छ र तीनै लोकमा स्थित हुनुहुन्छ, जसको कम्मरमा करधनी र रुनझुनको आवाज आउँछ, म उनै काशीका नाथ कालभैरवलाई भज्दछुँ । ऊँ नमः शिवाय ः ।६।

धर्मसेतुपालकं त्वधर्ममार्गनाशकं
कर्मपाशमोचकं सुशर्मदायकंविभुम् ।
स्वर्णवर्णशेषपाशशोभिताङगमण्डलम्
काशीकापुराधिनाथ कालभैरवं भजे ।।५।।

भावार्थ :  जो धर्म मार्गको पालक तथा अधर्म मार्गको नाशक हुनुहुन्छ, जो कर्मपाशलाई नाश गरेर कल्याण प्रदायक हुनुहुन्छ, जसले स्वर्णरूपी शेषनागको पाश धारण गरेको छ, जसको कारण सम्पूर्ण अंग मण्डित छ, म उनै काशीका नाथ कालभैरवलाई भज्दछुँ ।

रत्नपादुकाप्रभाभिरामपादयुग्मकं
नित्यमद्वितीयमिष्टदैवतं निरञ्जनम् ।
मृत्युदर्पनाशनं करालदंष्ट्रमोक्षणं
काशीकापुराधिनाथ कालभैरवं भजे ।।६।।

भावार्थ : जसको दुबै पाउमा रत्न जडित छ, जो इष्टदेव र परम पवित्र हुनुहुन्छ, जसले मृत्युको अभियानलाई दूर गर्दछ, जसले कालको भयानक दाँतबाट छुटकारा दिलाउँछ, म उनै काशीका नाथ कालभैरवलाई भज्दछुँ ।

अट्टहासभिन्नपद्मजाण्डकोशसन्ततिं
दृष्टिपातनष्टपापजालमुग्रशासनम् ।
अष्टसिद्धिदायकं कपालमालिकन्धरं
काशीकापुराधिनाथ कालभैरवं भजे ।।७।।

भावार्थ  : जसको अट्टहासले ९ठूलो स्वरले हाँस्नु० सम्पूर्ण व्रह्माण्ड विदीर्ण ९थर्कमान० हुन्छ, जसको दृष्टिपातले समुचित पापको समूह नष्ट हुन्छ, जसको शासन कठोर छ, जसले कपालमाला धारण गरेको छ, जसले आठ प्रकारको सिद्धि प्रदान गर्दछ, म उनै काशीका नाथ कालभैरवलाई भज्दछुँ ।

भूतसंघनायकं विशालकीर्तिदायकं
काशिवाशलोकपुण्यपापशोधकं विभुम् ।
नीतिमार्गकोविदं पुरातनं जगत्पतिं
काशीकापुराधिनाथ कालभैरवं भजे ।।८।।

भावार्थ : जो सम्पर्ण भूत गणको नायक हुनुुहुन्छ तथा विशाल कीर्तिदायक हुनुहुन्छ, जो बाशीपुरमा वास गर्नुहुन्छ, सम्पूर्ण भक्तको पाप र पुण्यको शोधन गर्नुहुन्छ, जो नीति मार्गको वेत्ता हुनुहुन्छ, पुरानोभन्दा पनि पुरानो जगत्पति हुनुहुन्छ, म उनै काशीका नाथ कालभैरवलाई भज्दछुँ ।

कालभैवाष्टकं पठन्ति ये मनोहरं
ज्ञानमुक्तिसाधनं विचित्रपुण्यवर्धनमं ।
शोकमोहदैन्यलोभकोपतापनाशनं
ते प्रयान्ति कालभैरवाङ्घ्रिसन्निधिं ध्रुवम्
काशीकापुराधिनाथ कालभैरवं भजे ।३। ।।९।।
।। इति श्रीमच्छङ्कराचार्यविरचितं कालभैरवाष्टकं सम्पूर्णम् ।।

भावार्थ : जसले यो कालभैरवको पाठ गर्दछ, उसले ज्ञान र मुक्ति प्राप्त गर्दछ, पुण्य प्राप्त गरेर शोक, मोह, दैन्य, लोभ, कोप–ताप आदिको नाश गर्न हेतु म उनै काशीका नाथ कालभैरवलाई भज्दछुँ । ऊँ नमः शिवायः ।।

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर