सामाखुसीको बाढीले बगाउँदा एक बालक बेपत्ता

काठमाडौं ।  राजधानीको सामाखुसीमा एक बालकलाई बाढीले बगाउँदा बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको बाढीले आइतबार साँझ १३ वर्षीय बालक साजन मगरलाई  बगाएको हो । भोजपुर घर भई सामाखुसी बस्दै आएका ती बालकको खोजी कार्यमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा एसपी सीताराम रिजालले जानकारी दिए  । उनी भानुभक्त माविमा कक्षा ६ मा पढ्ने बालक भएको खुलेको छ ।

जल तथा मौसम विभागले आइतबार साँझको वर्षापछि सामाखुसी र सो आसपासको क्षेत्रमा विष्णुमती नदीको बाढीले खतराको तह पार गरेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर