चीनका शक्तिशाली नेता जियाजुन नेपाल भ्रमणमा, प्रधानमन्त्रीसँग भर्चुअल छलफल

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का पोलिटब्युरो सदस्य युआन जियाजुन नेपाल भ्रमणमा अएका छन् । श्रीलङ्का भ्रमण सकेर च्युन तीन दिने नेपाल भ्रमणका लागि आइतबार बिहान काठमाडौं आएका हुन्।

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि चीनबाट भएको यो नै सबैभन्दा उच्चस्तरीय भ्रमण हो । युआन िसिपिसीका २४ जना केन्द्रीय पोलिटब्युरो सदस्यमध्ये उनी एक सदस्य हुन् । चीनमा सात जनाको स्थायी कमिटीपछि दोस्रो तहको शक्तिशाली तहको रूपमा केन्द्रीय पोलिटब्युरोलाई लिइन्छ ।

यो भ्रमणमा जियाजुनले सरकारी र राजनीतिक पार्टीका शीर्ष नेतासँग भेट्ने छ । यसै अवसरमा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तालिका टुङ्गो लगाउने सम्भावना पनि रहेको छ । प्रधानमन्त्री प्रचण्ड केही समयअघि नै चीन जान चाहे पनि चिनियाँ राष्ट्रपतिको व्ययस्तताका कारण सम्भव भएको छैन । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’सँग

यसैबीच प्रधानमन्त्री प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका युआन जियाजुनले आइतबार दिउसो भर्चुअल माध्यमद्वारा छलफल गरेका छन् । भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको छ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्ट’मा भाग लिन आइतबार मात्र इटाली पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर