युनाईटेडले आर्सनललाई हरायो

काठमाडौं । मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाईटेडले आर्सनललाई हराएको छ । यूएस टूरमा रहेका दुवै टिमले मैत्रीपूर्ण फुटबल खेलेका थिए ।

जर्सीमा भएको खेलमा युनाईटेडले आर्सनललाई २–० ले हराएको हो ।

मिटलाइफ स्टेडियममा युनाईटेडको जितमा ब्रुनो फर्नान्डेज र जाडोन सान्चोले एक एक गोल गरे । दुवै टिमले कीर्तिमानी ८२ हजार २ सय ६२ जना दर्शकका अघि खेलेका थिए ।

युनाईटेडको कप्तान नियुक्त भएपछि पहिलो खेलमा ब्रुनोले क्लबका लागि गोल गर्न सफल रहे ।

युनाईटेडका लागि दुखको कुरा फरवार्ड अमाद डायलोले पहिलो हाफको इन्जुरी समयमा चोट बोके ।

खेल लगत्तै दुवै टिमले अभ्यासका लागि पेनाल्टी सुटआउट समेत गरेका थिए । दर्शकका अघि दुवै टिमका म्यानेजरले खेलाडीलाई पेनाल्टी सुटआउटको अभ्यास गराएका थिए ।

जसमा युनाईटेड ५–३ ले विजयी रह्यो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर