कम्बोडियामा संसदीय चुनावको मतदान जारी

काठमाडौं । कम्बोडियामा संसदीय निर्वाचन अन्तर्गत आइतबार मतदान भईरहेको छ ।

कम्बोडियाको १ सय २५ सदस्यीय संसदका लागि आइतबार मतदान भईरहेको हो । यो चुनावबाट पनि ३८ वर्षदेखि निरन्तर सत्तामा रहेका प्रधानमन्त्री हुन सेनको पिपुल्स पार्टीले नै चुनाव जित्ने निश्चित रहेको छ ।

कम्बोडियाको प्रमुख विपक्षी क्याण्डललाईट पार्टीलाई पनि गत मे महिनामा सरकारले चुनावका लागि अयोग्य ठहर गरेकाले यो चुनावमा पिपुल्स पार्टीको एकलौटी हुने देखिएको छ । आलोचकहरुले चुनावको नाटक भनेका छन् । निर्वाचनमा मतदाताका उपस्थिति न्युन होला भन्ने त्रासमा सरकारले मतदान नगर्ने वा मतपत्र विगार्नेलाई दण्ड सजाय हुने घोषणा गरेको छ ।

प्रधानमन्त्री सेनले आइतबार पहिलो चरणमै राजधानी न्होमपेनबाट मतदान गर्नुभएको छ । अघिल्लो चुनावमा प्रमुख विपक्षी क्याण्डललाइट पार्टीले २२ प्रतिशत मत ल्याएको थियो । यो चुनावमा अन्य १७ वटा पार्टी पनि सहभागी छन् । तर, तिनीहरु कि ज्यादै साना छन् कि नयाँ छन । त्यसैले ती पार्टीहरुले सत्तारुढ पार्टीलाई कुनै चुनौती दिनसक्ने छैनन् ।

यो चुनावपछि सेनले आफ्नो छोरा हान मनेटलाई प्रधानमन्त्रीमा अघि सार्ने अनुमान गरिएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर