सुन तोलामा ५ सयले घट्यो

काठमाडौं । सुनको भाउ आज (आइतबार) तोलामा पाँच सय रुपैयाँले घटेको छ । शुक्रबार तोलाको एक लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर तोलामा एक लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत बिहीबार सुनको भाउ बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख १३ हजार ६ सय रुपैयाँ पुगेको थियो । त्यसपछि लगातार घटेको छ ।

आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ शुक्रबार तोलामा एक हजार चार सय ८० रुपैयाँ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर