दीपेन्द्र आबद्ध टाईगर्स प्यानथर्ससँग खेल्दै

काठमाडौं । ग्लोबल टी-ट्वान्टी क्यानडा लिगमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्ट्रियल टाईगर्स र मिसिसागा प्यानथर्सबीचको खेल आज आईतबार हुँदैछ ।

टाईगर्स र प्यानथर्सबीचको खेल नेपाली समय अनुसार बेलुका पौने ९ मा ब्रैम्प्टनमा हुनेछ ।

दोस्रो खेल खेल्दै गरेको टाईगर्स लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपालका क्रिकेटर सन्दीप लामिछाने आबद्ध सरे जगुआर्सलाई पराजित गरेको थियो ।

प्यानथर्स तेस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । लगातार दुई हार व्यहोरेको प्यानथर्स तेस्रो खेलमा हारको शृङ्खला तोड्न चाहन्छ ।

दीपेन्द्र आबद्ध टाईगर्समा कार्लोस ब्रेथवेट, क्रिस लिन, सकिब अल हसन लगायतका खेलाडी रहेका छन् ।

पहिलो खेलमा २२ बलमा २८ रनको विजयी पारी खेलेका दीपेन्द्र प्लेईङ(११ मा स्थान बनाउने पक्का जस्तै रहेको छ ।

प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको फाइनल खेल अगस्ट ६ मा हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर