नेपाल–भारत सीमामा एक महिलाको हत्या

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ । गएराति मोटरसाइकलमा आएका दुई जना व्यक्तिले ३५ वर्षीया महिलालाई गोली प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । महिलालाई दुई राउन्ड गोली हानेर उनीहरु भारततर्फ नै भागेका छन् ।

गोली लागेर ज्यान गुमाएकी महिलाको पहिचान नखुलेको धनुषाका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए । भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले शव पोस्टमार्टमका लागि लगेको प्रवक्ता गौतमले बताए । घटनाको अनुसन्धान र हत्यामा संलग्नको खोजीमा नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर