आज उपाधिको लागि भारत र पाकिस्तान भिड्दै

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधिको लागि भारत ए र पाकिस्तान ए आज आईतबार भिड्दै छन् ।

दुई टोलीबीचको खेल श्रीलंकाको राजधानी कोलम्बोमा रहेको आर प्रेमदाशा क्रिकेट स्टेडियममा हुदैछ ।

नेपाली समय अनुसार दिउसो सवा दुईबाट खेल सुरु हुनेछ ।

पाकिस्तान ए ले पहिलो सेमिफाइनल खेलमा घरेलु टोली श्रीलंका ए लाई ६० रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

भारतले दोस्रो सेमिफाइनल खेलमा बंगलादेश ए लाई ५१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

समूह चरणको खेलमा भने भारतले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको थियो ।

प्रतियोगितामा सहभागी नेपाल भने समूह चरणबाट नै बाहिरिएको थियो ।े एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर