सुन बरामद प्रकरण : थप एक कर्मचारी निलम्बित

काठमाडौं । सय किलो सुन प्रकरणमा सरकारले विमानस्थलका एक कर्मचारीलाई निलम्बन गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएर बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले बरामद गरेपछिको छनविनको सिलसिलामा विमानस्थलस्थित भन्सार विभागको एक्सरे मेशिन सञ्चालनमा संलग्न अपरेटर सरोज श्रेष्ठ निलम्बनमा परेका हुन् । विभागले उनलाई निलम्बन गर्ने निर्णय शुक्रबार गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर