प्रधानमन्त्री दाहाल आज इटाली जाँदै, यस्ताे छ तालिका

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज इटाली भ्रमणमा जाँदैछन् । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन उनी इटाली जान लागेका हुन् ।

नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल शनिबार साँझ इटली जान लाग्नुभएको हो । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेसन्स फूड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ मा प्रधानमन्त्री दाहालले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रम साउन ८ देखि १० गतेसम्म आयोजना हुँदैछ । प्रधानमन्त्री दाहाल साउन ८ गते कार्यक्रमको उद्घाटन सत्रमा सहभागी हुने कार्यक्रम छ । अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा दाहालले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोही दिन नै प्रधानमन्त्री दाहालले विद्यालय भोजनको बारेमा आयोजना गरिएको छलफल सत्रमा पनि सहभागी जनाउने तालीका रहेको छ । साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफल पनि प्रधानमन्त्री सहभागी हुनेछन् ।

भ्रमणका क्रममा उनले संयुक्त राष्ट्र संघका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ । प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमण दलमा स्वकीयसचिव गंगा दाहाल, कृषि तथा पशुपंक्षी विकासमन्त्री बेदुराम भुसाल,राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीको सहभागिता रहनेछ । प्रधानमन्त्री दाहाल साउन १२ गते स्वदेश फर्किने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर