एसिया कपको उपाधिको लागि भारत र पाकिस्तान भिड्ने

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधिको लागि भारत ए र पाकिस्तान ए भिड्ने भएका छन्।

पाकिस्तान ए ले पहिलो सेमिफाइनल खेलमा घरेलु टोली श्रीलंका ए लाई ६० रनले हराउँदै फाइनलमा स्थान बनायो।

भारतले दोस्रो सेमिफाइनल खेलमा बंगलादेश ए लाई ५१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

भारत र पाकिस्तानबीचको फाइनल खेल आइतबार हुनेछ ।समूह चरणको खेलमा भने भारतले पाकिस्तानलाई पराजित गरेको थियो। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर