प्रहरी बल प्रयोग गरेर काठमाडौंको फोहोर विसर्जन

काठमाडौं । सरकारले प्रहरी बल प्रयोग गरेर काठमाडौं उपत्यकाको फोहोर बञ्चरे डाँडामा शुक्रबार अपराह्न खसालेको छ । ककनी र धुनीबेसीका स्थानीय जनताको अवरोधका अतिरिक्त प्रहरीले बाटो खोलाएर पाँचवटा ट्रकमा रहेको फोहोर खसाल्न सुरु गरेको स्थानीय वासिन्दाहरूले जनाएका छन् ।

विगतमा भएका सहमति कार्यान्वयनको माग राख्दै स्थानीय वासिन्दाले साउन १ गतेदेखि बञ्चरेडाँडामा फोहर फाल्न अवरोध उत्पन्न गरेका थिए । काठमाडौंका सडकमा फोहर थुप्रिएपछि प्रहरी लगाएर बञ्चरेडाँडामा लान सुरु गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर