सचिव राउत थुनामुक्त, भाटभटेनीका सञ्चालक मीनबहादुरलगायतको बन्दी प्रत्यक्षीकरण रिट खारेज

काठमाडौं ।  सर्वोच्च अदालतले ललितानिवास प्रकरणमा थुनामा रहेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।​ पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतलाई भने रिहा गर्न अस्वीकार गरेको छ । सचिव राउत देशबाहिर जान नपाउने गरी तारेखमा राख्न न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले आदेश दिएको हो ।
न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले शुक्रबार शाह र गुरुङलगायतलाई रिहा गर्न माग गरिएको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको हो ।
सञ्चार मन्त्रालयका सचिव राउत असार २४ गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । भाटभटेनीका सञ्चालक गुरुङलाई असार १२ गते पक्राउ गरिएको थियो । साथै गुरुङ, शाहसहित १७ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) पक्राउ गरेर हिरासतमा राखेको छ ।

lalita nivas (2)1689939124.jpg

lalita nivas (1)1689939123.jpg


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर