ग्रीसका अधिकांश जंगलमा आगलागी आगो नियन्त्रण भन्दा बाहिर

काठमाडौं । युरोपका विभिन्न राष्ट्र गर्मीको चपेटामा परेकै बेला ग्रीसका अधिकांश जंगलमा आगलागी भएको छ ।

आगलागीका कारण ३५ हेक्टर जंगल जलेर नष्ट भएका छन् । आगलागी बस्तीसम्म प्रवेश गर्न सक्ने सम्भावना बढेकाले जंगल वरिपरिका बस्ती खाली गराइएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । ग्रीसको अग्नि विभागका अनुसार देशका ६२ वटा जंगलमा आगलागी भएकोमा कतिपय ठाउँमा आगो नियन्त्रण भन्दा बाहिर गएको छ । गत १५ दिनदेखि जारी उच्च तापमानले ग्रीसको जनजीवन अस्तब्यस्त बनेको छ ।

त्यहाँको तापक्रम हाल ४९ डिग्री सेल्सियससम्म पुगेकाले दैनिक जीवन प्रभावित बनेको हो । ग्रीसको रोड्स आइल्याण्डमा गर्मीकै कारण आपतकाल लागु गरिएको छ । ग्रीस बाहेक स्वीडेन, फिनल्याण्ड, अमेरिका र बेलायतमा पनि तापक्रम उच्च विन्दुमा पुगेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर