सुन तस्करी प्रकरण : गृह र अर्थमन्त्रीको राजीनामा माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनील शर्माले विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करी भइरहेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेका छन् । प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय र मानवअधिकार समितिको बैठकमा सांसद शर्माले विमानस्थलबाट भइरहेको सुन तस्करी रोक्न नसकेकोले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

प्रतिनिधि सभाको बैठक नभएको बेला यस्ता विषयमा संसदीय समितिमा उठाउन जरुरी रहेको भन्दै देश लुट्न कुनै मन्त्रीलाई छुट नरहेको बताए । कांग्रेसका अर्का सांसद रामहरि खतिवडाले पनि एअरपोर्टबाट एक पटक हैन २२ पटक क्विन्टलका क्विन्टल सुन छिरेको भन्ने कुरा आएको भन्दै भरियाहरूलाई समातेर सरकारले आँखामा छारो हाल्ने काम नगर्न आग्रह गरे । उनले नेपाल आर्थिक रूपमा टाट पल्टिन लाग्यो भन्ने तर कहाँ कहाँका तस्कर मिलेर नेपाललाई तस्करीको रणभूमि बनाउन लागिएको ? त्यतातिर ध्यान नदिने भन्दै आलोचना गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर