अन्ततः फोहोर विसर्जन गर्न प्रहरी परिचालन, बल प्रयोग नगर्ने मेयर बालेनको वचन भंग?

काठमाडौं । काठमाडौं उपत्यकाका फोहोर बञ्चरेडाँडामा विसर्जन गर्नका लागि सरकारसँग वैकल्पिक उपाय नसुझिएपछि प्रहरी परिचालन गर्ने भएको छ । फोहोरका टिपरसहित शुक्रबार दुई ट्रक प्रहरी बञ्चरेडाँडातर्फ लागेका छन् । प्रहरीको स्कर्टिङसहित फोहोर बोकेका गाडी मुड्खुभञ्ज्याङमा रोकिएका छन् । विगत पाँच दिनदेखि स्थानीयले अवरोध गरेपछि काठमाडौंको फोहोर लिएर गएका गाडी नुवाकोटको ढाँडेबेसीमा रोकिएका छन् । फोहोरका कारण राजधानीमा दुर्गन्ध फैलिन थालेपछि फोहर व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन गरिएको हो ।
प्रख्यात मतसहित विजयी भएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आफू असल बन्न यसभन्दा अघि ककनी र धुनीबेसीका स्थानीय जनतालाई फोहोर विसर्जन गर्न अब उप्रान्त बल प्रयोग नगर्ने वचन दिएका थिए । त्यतिबेला बालेन चर्चाको शिखरमा पुगेका थिए । तर साहको बचन र प्रतिबद्धताविरुद्ध यसपटक समेत फोहोर विसर्जन गर्न दुई पटक प्रहरी परिचालन भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर