गृहमन्त्रीलाई प्रश्न : “सुन प्रकरणमा तपाइँको नाम पनि जोडिएको छ यसबारे के भन्नुहुन्छ?”

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएको एक क्विन्टल सुनको अनुसन्धानलाई आवश्यक परेको खण्डमा सिआइबी खटाउने बताएका छन्।

विमानस्थल निरीक्षण गर्न शुक्रबार पुगेका श्रेष्ठले सञ्चारकर्मीसँग बरामद सुनबारे राजस्व अनुसन्धानले छानविन गरिरहेको र आवश्यकता हेरेर नेपाल प्रहरीलाई परिचालन गरिने बताए। आफूले अनुसन्धान कर्मचारीलाई प्रहरीको आवश्यकता परे प्रहरी परिचालन गर्न सकिने बताइसकेको जानकारी दिए। सुनको आयातको नेक्सस र रुटलाई गम्भीर रूपमा अनुसन्धान हुने र यसलाई पूर्ण रूपले छानविन गरी अवैधरूपमा हुने कार्यलाई रोक्ने उनले बताए।

सुन प्रकरणमा तपाइँको नाम पनि जोडिएको छ यसबारे के भन्नुहुन्छ? भन्ने प्रश्नमा गृहमन्त्रीले सरकार भ्रष्टाचार नियन्त्रण गर्न व्यावहारिक काम गरिरहेको र आफूलाई गलत सावित गर्न चुनौती दिए। ‘सम्माननीय प्रधानमन्त्रीले समेत भ्रष्टाचार नियन्त्रण गर्न हदैसम्मको काम गर्न निर्देशन दिएको र यसको व्यावहारिक काम भइसकेको र भ्रष्टाचारका विषयमा कसैले अफवाह फैलाउन सकिन्छ कि भन्ने नसोचे हुन्छ’, उनले भने, ‘सुन प्रकरणमा जुनसुकै पार्टी वा दल जोडिएको भए पनि आफूलाई कुनै असर नपर्ने र अवैध काम पूर्णरूपले रोक्ने कुरामा सबैलाई ढुक्क हुन आग्रह गर्छु।‘

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर