७३ वर्षीया बृद्धालाई करणी गरेकाे अभियाेगमा २ पक्राउ

दाङ । तुलसीपुरको बसपार्कमा एक वृद्धामाथि सामूहिक करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।

गएराति करिब १२:३० बजे पार्किङ गरिएको ना ४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्युठानकी एक ७३ वर्षीया वृद्धालाई गाडीका स्टाफले बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिए।

बलात्कारमा संलग्न तुलसीपुर १५ का पुष्कर रोका र सल्यानको कुमाख ७ का रेशम विकलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको मल्लले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर