भारत पश्चिम बंगालमा भीषण आगलागी ५० बढी पसल जलेर नष्ट

काठमाडौं । भारत पश्चिम बंगालको हावडा जिल्लामा शुक्रबार बिहान भीषण आगलागी भएको छ ।

हावडा जिल्लाको बजार क्षेत्रमा लागेको आगलागीमा ५० बढी पसल जलेर नष्ट भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

घटनाको सुचना पाउने वित्तिकै १२ वटा दमकल आगो नियन्त्रणका लागि खटिएका थिए । समयमै दमकल पुगेका कारण ठूलो क्षति हुनबाट जोगिएको त्यहाँको अधिकारीहरुले बताएका छन् ।

५० बढी पसल जलेर ध्वस्त हुदा करौडौंको नोक्सान भएको जनाइएको छ ।एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर