युक्रेनले रुस विरुद्धको लडाइमा ‘क्लष्टर बम’हरुको प्रयोग गरिरहेको दाबी

काठमाडौं । युक्रेनले रुस विरुद्धको लडाइमा ‘क्लष्टर बम’हरुको प्रयोग गरिरहेको दाबी अमेरिकाले गरेको छ ।

आफ्नो देशले सहायता स्वरुप दिएको क्लष्टर बमहरुको युक्रेनले सही तरिकाले सफलतापूर्वक प्रयोग गरिरहहेको ह्वाइट हाउसले पुष्टि गरेको हो ।

अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले ‘क्लष्टर बम’ प्रयोगको प्रारम्भिक परिणामहरुले युक्रेनलाई निकै आशावादी बनाएको बताउनुभयो । क्लस्टर बमले एकै पटक धेरै बमहरू छर्ने गर्दछ । युद्धमा सामेल नभएका गैरसैनिक नागरिकलाई समेत निशाना बनाउने यस्तो बमको प्रयोगमाथि विश्वका सयभन्दा बढी देशहरुले प्रतिबन्ध लगाएका छन् ।

रुस विरुद्धको लडाइमा युक्रेनी सेनाको क्षमता बढाउन क्लष्टर बम दिएको प्रतिक्रिया अमेरिकाले दिइरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो निर्णय आफ्नालागि निकै कठिन तथा अत्यावश्यक भएको बताउनुभएको थियो ।

अमेरिकाका सहयोगी देशहरु बेलायत, क्यानडा, न्यूजील्याण्ड र स्पेनले यसको प्रयोगलाई लिएर विरोध गरिरहेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर