कलियुगमा राजनीति गर्न डराउनु हुन्न : आरजु राणा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समिति सदस्य डा. आरजु राणा देउवाले समानुपातिकका उम्मेदवार तथा महिला काम नलागे प्रतिस्पर्धा गराउन चुनौती दिएकी छन् ।

सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा चौथो दिन जारी केन्द्रीय कार्य समितिको शुक्रबारको बैठकमा डा. राणाले भनिन्, “निर्वाचन आयोगले ३० प्रतिशत महिला उठाउनैपर्छ भनेको छ । हाम्रो पार्टीको योजना के हो ? लास्टमा गएर टर्च बालेर महिला खोज्ने हो कि, अहिले नै महिलाको मात्रै संविधान बनाउन हामी लबिङ गरौं । हामीले पहिला पनि लबिङ गरेको हो । अहिले आवाज उठ्यो कि, समानुपातिकमा आएको काम लाग्दैन भन्छन् । समानुपातिकको महिला काम लाग्दैन भने लडाउनुस् न त ? महिला–महिलाबीच प्रतिस्पर्धा गरेर एकतिहाइ सिट पठाऔं हामी ।”

यस्तै, उनले दलित पनि सँधै समानुपातिकमा आउने कुरा नहुने भनाइ राखिन् । उनले भनिन्, “त्यस्तै गरेर दलितको लागि पनि आरक्षण संस्था बनाउन प¥यो । उहाँहरु जहिले पनि समानुपातिकमा आउने ? समानुपातिकमा एक चोटीभन्दा नराख्ने राम्रो कुरा हो । खोज्दै खोज्दै गर्दा जुनियर मान्छे आइदिने । पार्टीको मर्म नै नबुझेको मान्छे राजनीतिमा ल्याएर के हुन्छ ?”

उनले व्यक्तिको प्रतिबद्धता हेरेर मात्र क्रियाशील सदस्यता वितरण गर्नुपर्ने बताइन् । सार्वजनिक स्थानमा पार्टीको खुला आलोचना गर्न नहुने धारणा उनको थियो । उनले भनिन्, “ओपनमा क्रिटिसाइज नगरौं । राजनीति द्वापर र त्रेतायुगमा असहज कुरा हो । कलियुगमा राजनीति गर्न डराएर बस्ने हो भने मैदान छोडेर जानपर्‍यो । हाम्रो भोट हामी आफैँ काटिरहेका छौं ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर