युक्रेनलाई इयूले २० अर्ब डलरको कोष खडा

काठमाडौं ।  युक्रेनलाई हतियार उपलब्ध गराउनका लागि भन्दै युरोपियन युनियन इयूले २० अर्ब डलरको कोष खडा गर्ने भएको छ । रुस विरुद्ध युक्रेनको प्रतिरक्षा क्षमता बढाउन हतियारसँगै विस्फोटक पदार्थ र सैन्य सामाग्री खरिद गर्न सो कोष बनाउन लागिएको इयुले उल्लेख गरेको छ ।

युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेप बोरेलले युक्रेनलाई सहयोग गर्नका निम्ति ४ वर्षे योजना सार्वजनिक गर्नुभएको हो । बेल्जियमको ब्रसेल्समा जारी इयु सदस्य राष्ट्रका विदेशमन्त्रीहरुको सम्मेलनका क्रममा युक्रेनलाई दिर्घकालीन सहयोग गर्ने विषयमा समेत छलफल भईरहेको अलजजिराले उल्लेख गरेको छ । प्रत्येक वर्ष ५ अर्बर् युरोको दरले सहयोग उपलव्ध गराईने विदेश नीति प्रमुख बोरलको भनाई छ । गत साता भएको जी सेभेन राष्ट्रको सम्मेलनले समेत युक्रेनलाई दिर्घकालीन सहयोग गर्ने योजना बनाएको थियो ।

यसैबीच, युक्रेनले रुस विरुद्ध एकै पटक धेरै वटा बम हान्ने सक्ने अमेरिकी प्रविधिको हतियारको समेत प्रयोग गरेको हृवाइट हाउसले पुष्टि गरेको छ । रुसी फौज माथि युक्रेनले अमेरिकी हतियारको माध्यमबाट महत्वपूर्ण सफलता हासिल गरीरहेको विदेशमनत्री जोन कर्मीले बताउनुभएको छ । बेलायत, क्यानडा, न्युजिल्याण्ड र स्पेनले भने अत्याधुनिक क्षमताको सो हतियारको विरोध गरिरहेका छन । युक्रेनले आवश्यक परेको स्थानमा मात्रै हतियारको प्रयोग गर्ने भन्दै अमेरिकाले भने बचाउ गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर