नाईजेरिया र क्यानडा बराबरीमा राेकिए

काठमाडौं । महिला विश्वकप फुटबलमा क्यानडाले नाईजेरियासँग बराबरी खेलेको छ । शुक्रबार बिहान भएको खेलमा क्यानडाले नाईजेरियासँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।

क्यानेडियन गोलकिपर केलेन शेरिडन र नाईजेरियन गोलकिपर चियामाका ननाडोजीले उत्कृष्ट प्रर्दशन गरेपछि दुवै टिम गोल विहिन भएका हुन् ।

ननाडोजीले क्यानडाकी कप्तान क्रिस्टिन सिक्लेयरको पेनाल्टी प्रहारलाई बचाउँदै नाईजेरियालाई महत्वपुर्ण एक अंक दिलाईन् ।

ओलम्पिक विजेता क्यानडाकी कप्तान क्रिस्टिन ६ वटा विश्वकपमा गोल गर्दै पहिलो खेलाडी बन्नबाट चुकिन् ।

समूह बीको खेलमा बिहीबार आयोजक अष्ट्रेलियाले आयरल्याण्डलाई १–० ले हराउँदै विजयी सुरुआत गरेको छ । दुवै टिमले खेलमा प्रशस्त अवसर सिर्जना गरेपछि गोलमा परिणत गर्न भने सकेनन् ।

खेलको अन्तिममा नाईजेरियाकी मिडफिल्डर डेबोराह अबियोदुनले रातो कार्ड पाईन् । उनले अष्ट्रेलियाविरुद्धको अघिल्लो म्याच गुमाउनेछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर