फोहोर संकलन नगरिँदा संघीय राजधानी दुर्गन्धित

काठमाडौं । काठमाडौं उपत्यकाबाट पाँच दिनदेखि फोहोर बोकेर गएका गाडी रोकिएका छन् । यसले गर्दा उपत्यकाका ठाउँठाउँमा फोहोरको सङ्कलन पनि रोकिएको छ । जनघनत्व र चाप धेरै भएको शहरी क्षेत्रमा फोहर थुप्रिन थालेको छ । असन, न्युरोड, कलङ्कीलगायत मुख्यमुख्य शहरका सडक छेउछाउमा फोहरको डङ्गुर थुप्रिएको छ । यसले दुर्गन्ध फैलिन थालेको छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले फोहोर बञ्चरेडाँडा लैजान नपाउँदा सङ्कलन पनि रोकिएको बताए । उनले सहमतिपछि पनि फोहोर बोक्ने गाडीलाई किन अवरोध भइरहेको हो भन्नेबारे आफूहरु अन्योलमा रहेको बताए । समस्या समाधानका लागि आज सम्बन्धित पक्षसँग छलफलको तयारी भएको पनि उनले बताए ।

महानगरपालिकाले बञ्चरेडाँडा र सिसडोलका स्थानीयबासिन्दासँग फोहर लैजाने सहमति नहुञ्जेलसम्म फोहर उठाउन नसक्ने जनाएको छ । महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठका अनुसार अझै चार–पाँच दिन फोहर उठ्ने सम्भावना छैन । स्थानीय बासिन्दाको मुख्य माग थपिँदै जाँदा सहमति जुट्न कठिनाइ भएको उनको भनाइ छ । फोहोरको विषयलाई लिएर साउन १ गतेदेखि नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीयबासिन्दा आन्दोलनमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर