महिला विश्वकपमा शुक्रबार तीन खेल हुँदै

काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप फुटबलमा शुक्रबार तीन खेल हुँदैछ ।

पहिलो खेलमा समूह एको फिलिपिन्स र स्विजरल्याण्ड भिड्दैछन् । यस्तै, समूह बीको नाईजेरिया र क्यानडा र समूह सीमा रहेको स्पेन र कोस्टारिका समेत समूह चरणको पहिलो खेल खेल्दैछन् ।

तीनै टोली खेलमा सहभागी टिम जित सहित विश्वकपको सुखद सूरुआत गर्न चाहन्छन् । समूह चरण पार गर्न समेत ६ वटै टोलीका लागि जित आवश्यक छ ।

बिहीबारको उद्घाटन खेलमा अष्ट्रेलिया र न्युजिल्याण्डले विजयी सुरुआत गरेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर