सुन तस्करीका आरोपीलाई १० दिन थुनामा राख्ने अनुमति

काठमाडौं । उच्च अदालत पाटनले सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

चिनियाँ नागरिक लिङ चुवानसहितका ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धानका लागि अनुमति दिन राजश्व अनुसन्धान विभागले बिहीबार उच्च अदालत पाटनसमक्ष निवेदन दिएको थियो । अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलले कानुनी प्रक्रियाबमोजिम अनुमति प्रदान गरेको बताए । विभागले सुन तस्करी गरेको आरोपमा बुधबार र बिहीबार दुई दिन गरेर ६ जनालाई पक्राउ गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर