सुन तस्करी प्रकरणमा मुछिएका तीन कर्मचारीलाई कारबाही गर्न सिफारिस

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका तीन जना कर्मचारीलाई कारबाही गर्न भन्सार विभागले सिफारिस गरेको छ ।

विभागले भन्सार अधिकृत सन्तोष चन्दसहित तीन जना कर्मचारीलाई निलम्बन गर्न अर्थ मन्त्रालयलाई सिफारिस गरेको हो ।

सुनको भन्सार पासमा उनीहरूको संलग्नता रहेको देखिएकाले निलम्बन गर्न प्रस्ताव गरिएको हो । बुधबार राजस्व अनुसन्धान विभागले हङकङ हुँदै आएको सुन जडित ब्रेक सु विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा बरामद गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर