सुन तस्करी प्रकरणमा एकजना चिनियाँ पक्राउ

काठमाडौं । बहुचर्चित १ क्विन्टल सुन तस्करी प्रकरणमा एकजना चिनियाँ पक्राउ परेका छन्। जिक्वाङ लिन नाम गरेका चिनियाँलाई प्रहरीले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। सुन तस्करीमा उनको संलग्नता रहेको अनुसन्धानपछि खुलेकाले उनलाई तिब्बत एअरको जहाजबाट चीन जान लागेको बेला प्रहरीले पक्राउ गरेको हो।

उनलाई पक्राउ गर्नका लागि राजश्व अनुसन्धान विभागले अध्यागमन विभागलाई जानकारी गराएको थियो। अध्यागमनले विमानस्थल प्रहरीलाई दिएको सूचनाका आधारमा पक्राउ गरेको हो। विभागले बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपरिसरबाट भन्सार जाँचपास भएसकेको अवस्थामा सय केजी सुन बरामद गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर