बरामद सुनको खुद तौल १ सय ५५ किलो

काठमाडौं । तस्करी प्रयोजनका लागि भित्र्याइएको बरामद सुन नेपाल राष्ट्र बैक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखा बबरमहलले बिहीबार जोख्दा १ सय ५५ किलो तौल पुगेको छ ।

राजश्व अनुसन्धान विभागका एक अधिकारीले ब्रेक शुसहितको बट्टा जोख्दा १५५ केजी सुन भएको जानकारी दिए। बरामद भएको सुन नापजाँच गर्नका लागि टक्सार महाशाखा ल्याइएको थियो। भन्सार जाँचपास भएर बुधबार ट्याक्सीमा लाँदै गरेको अवस्थामा बरामद गरेको सुन राजश्व अनुसन्धान विभागले गुणस्तर जाँच र तौलका लागि बालुवाटारस्थित नेपाल राष्ट्र बैंक बालुवाटारमा बिहीबार पठाएको थियो। विभागका एक अधिकारीका अनुसार टक्सारले पहिले सुन जोख्न नमाने पनि पछि सुन जोख्न राजी भएको र बरामद सुनको खुद तौल १ सय ५५ भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर