न्युजिल्याण्डको फिफा महिला विश्वकप फुटबल २०२३ मा विजयी सुरुआत

काठमाडौं । न्युजिल्याण्डले फिफा महिला विश्वकप फुटबल २०२३ मा विजयी सुरुआत गरेको छ ।

इडेन पार्कमा बिहीबार भएको उद्घाटन खेलमा नर्वेलाई १-० गोल अन्तरले हराउँदै घरेलु टोली न्युजिल्याण्डले सुखद सुरुआत गरेको हो ।

न्युजिल्याण्डको जितमा हन्नाह विल्किन्सनले निर्णायक गोल गरिन् । विल्किन्सनले खेलको ४८ औं मिनेटमा गोल गरिन् ।

जितसँगै समूह ए को न्युजिल्याण्डले तीन अंक जोडेको छ । नर्वेले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ल

प्रतियोगिता अन्तर्गत बिहीबार अर्को आयोजक अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्ड भिड्ने छन् । स्टेडियम अष्ट्रेलियामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ ।

अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा जारी विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर