शेयर बजारमा झिनो अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार झिनो अंकले घटेर बन्द भएको छ । आज नेप्से १.३१ अंकले घटेर दुई हजार एक सय ६३ दशमलब ९२ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज तीन अर्ब ५ करोड २४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ८८ कम्पनीको शेयरमूल्य बढेको छ भने १२३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा विशाल बजार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने लिवर्टी इनर्जी कम्पनी लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यसका साथै आज अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको पनि शेयरमूल्य ८ प्रतिशत भनदा बढिले बढेको छ ।

आज सबैभन्दा बढी सिटिजन्स म्युचुअल फण्ड–२ र कुमारी इकयुटी फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले  घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १४ करोड २३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर