बरामद सुन जोख्न टक्सार महाशाखा असमर्थ, गुणस्तर मात्रै परीक्षण गरिने

काठमाडौं । तस्करी प्रयोजनका लागि भित्र्याइएको बरामद करिब १०० किलो सुन नेपाल राष्ट्र बैक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले बिहीबार जोख्न असमर्थतता प्रकट गरेको छ । उक्त सुन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बरामद भएकाले त्यहीं लगेर जोख्ने गरी फर्काइएको बताइएको छ । बरामद सुनलाई जोख्नका लागि भन्दै राजस्व अनुसन्धान विभागले केन्द्रीय बैंकको टक्सार महाशाखा बबरमहल पठाइएको थियो । बरामद सुन अब त्यहीं जोख्ने र गुणस्तर परीक्षण गर्नमात्रै राष्ट्र बैंक लगिने भएको छ ।

हङकङ हुँदै तस्करी गरी काठमाडौंसम्म ल्याइपुर्‍याइएको उक्त सुनलाई राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो । मोटरसाइकलको पाटपूर्जामा लुकाएर ल्याइएको सो सुन नेपालमा एकैपटक समातिएको हालसम्मकै ठूलो परिमाणको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर