जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानी बस्ने ओखलढुङगा लिखु गाउँपालिका १ घर भएका २५ वर्षीय सिर बहादुर कार्कीको होटलमा जुवातास खेलिरहेको अवस्थामा कार्की समेत १३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर